अन्यनयाँ समाचारराजनीति

जसपाबाट जनकपुरधामको मेयरमा अम्भु प्रसाद साहको नाम चर्चामा

जनकपुरधाम, वैशाख ८ गते ।

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) बाट अम्भु प्रसाद साहको नाम पनि चर्चामा आएको छ ।

सत्ता गठबन्धनको भागबण्डा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जसपाको भागमा परेपछि साहले आफ्नो दाबेदारी गरेको छ । जसपाका धनुषा जिल्ला उपाध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष समेत रहेका साहले आफू चुनाव जित्ने सक्ने भएको हुनाले आफूले दाबी गरेको बताएका छन । उनले भने पार्टीमा नगरभित्रका कार्यकर्ताको समर्थन र उद्योगी व्यवसायी सहित नगरवासीको माया स्नेह आफूमाथि रहेको हुनाले आफ्नो जित सुनिश्चित रहेको छ ।

अन्य उम्मेदवार भन्दा आफू मजबूत स्थितिमा रहेकोले पार्टीले पनि आफूमाथि विचार पुरयाउने उनले बताए । साहले नगरको विकास र समृद्धिका लागि आउने नेतृत्व युवामा हस्तान्तरण गर्नुपर्ने पार्टीले लिनुपर्ने र यसका लागि नेता कार्यकर्ताहरुले समेत दबाव श्रृजना गरिरहेको बताए । उनले भने आफू योग्य युवा उम्मेदवार पनि हुँ र आफूसँग जनकपुरधाम उपमहानगरलाई विकास गर्न सक्ने तथा स्मार्ट शहरको रुपमा विकास गर्न सक्ने भिजन भएको हुनाले दाबी प्रस्तुत गरेको हुँ ।

साह पनि जसपाबाट जनकपुरधाम उपमहानगर मेयर पदको दाबेदार रहेको कुरा समाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । हुनत जसपाबाट मेयर पदमा वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, प्रदेश सदस्य बजरंग यादव र निती तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाको पनि नाम चर्चा रहेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *