नयाँ समाचारराजनीति

जसपाको विधान महाधिवेशन आगामी असारमा हुने

काठमाडौं, फागुन १८ ।
जनता समाजवादी पार्टीको विधान महाधिवेशन आगामी असारमा हुने भएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ। जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।

त्यस्तै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *