अन्यनयाँ समाचार

जनप्रतिनिधी सहित ७ सय ४५ नेता तथा कार्यकर्ता एमाले प्रवेश

जनकपुरधाम, भदौ ७ । जनता समाजवादी पार्टीबाट निर्वाचित जहदा–४ का वडाध्यक्ष कृष्ण गिरी भन्ने जयनरथ गिरी ७ सय ४५ नेता तथा कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गरेका छन् । जहदा नगर कमिटीले हजारौं नेता तथा कार्यकर्ताको उपस्थितिमा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष गिरी, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी सीमा राजवंशीलगायतका व्यक्तिलाई पार्टी प्रवेश गराएको हो । जसपा, कांग्रेस, माओवादी केन्द्रका गाउँपालिकास्तरीय नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *