अन्यनयाँ समाचार

जनता ठग्ने नेतालाई जनताले साइड लगाउने- महासेठ

जनधारा समाचारदाता

जनकपुरधाम, फागुन २२ गते । लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ का स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष दिलिप यादव नेकपामा प्रवेश गरेका छन् । यसअघि उनी कांग्रेसमा प्रवेश गरेका थिए । तर अर्को चुनाव अनाउदै उनी फेरी कांग्रेस छाडेर नेकपामा प्रवेश गरेका हुन । विहिवार लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ सिनुरजोडामा वडा अध्यक्ष यादव सहितका युवाहरुलाई नेकपाका स्थाई समिति सदस्य एवं निवर्तमान भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ तथा सांसद जुली महतो पार्टी प्रवेश गराएका हुन । नेकपाका स्थाई समिति सदस्य महासेठले जनतालाई ठग्ने नेताहरु धमाधम राजनितिवाट टाढा हुदै गएको बताएका छन् ।

वडा अध्यक्ष दिलिप यादव सहितकालाई आफनो पार्टीमा प्रवेश गराउदै निवर्तमान भौतीक पुर्वाधार तथा यातायात मन्त्री महासेठले नेपालमा १ लेनको सडक कतै पनि नरहने बताउदै जनतालाई ठग्ने नेतालाई जनताले साइड लगाउने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकी नेतृ जुली महतोले विगतको ५० वर्षमा पनि हुन नसकेको विकास अहिले रातारात भएको जनताले महसुश गरेको बताइन ।

कार्यक्रममा वडा अध्यक्ष यादव सहित नेताद्वयले पार्टी प्रवेश गराएका दर्जनौ युवाहरुले अहिले को सरकारले मात्र नेपालको बिकास गर्न सक्छ बताए । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष राजकिशोर यादव सहितका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *