नयाँ समाचारराजनीति

लक्ष्मिनियालाई नमूना गाउँपालिका बनाउँछौँ अजयको प्रतिवद्धता

जनकपुरधाम, बैशाख १७ गते ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको एमालेबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले मतदाताहरुको बिच नै रहेर आफूले गाउँपालिका विकासका लागि काम गर्ने बताएका छन् । मत पाएपछि जनप्रतिनिहिरु मतदातालाई अनुहारसम्म देखाउँदैनन् आरोप लागि रहेको समयमा यादवले आफू निर्वाचन भएपछि यीनै मतदाताहरुका बिच रहेर गाउँपालिका विकासको योजना बनाउने बताए ।

घरदैलो अभियानको क्रममा लक्ष्मिनियाको एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार भोली यादवसंगै पुगेका अध्यक्ष पदका उम्मेदवार यादवले आफूलाई गाउँपालिकाको सर्वांगिन विकासको धोको रहेकोले उम्मेदवारी दिएको बताए ।

उनले गाउँपालिकाका अधिकांश मतदाता आफ्नो पक्षमा रहेको दावी गरे । यादव आइतबार घरदैलोका लागि लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ६स्थित निकाल र बगेवा पुगेका थिए ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग ठोस योजना रहेकोले, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’ एमालेबाट उम्मेदवारी दिएका यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने दावी गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *