नयाँ समाचार

जनकपुरधाम–४ को वडाध्यक्षमा सिंहको स्वतन्त्र उम्मेदवारी घोषणा

जनकपुरधाम, १० बैशाख ।

आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीभित्र क–कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी चलिरहेको बेला स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा होमिन थालेका छन् ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्ष पदमा स्वर्गीय राघो सिंहका छोरा राकेश कुमार सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सिंहले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सिंहले आफूले वडाबासीको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको बताउँदै वडाबासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित रहेको दाबी गरे ।

उनले भने, ‘आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा मैले उम्मेदवारी दिने मुड बनाएको छु । मेरो मुख्य एजेण्डा नै सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको छ । जितेपछि निश्चय नै म यस कार्यमा खडा उत्रिने छु ।’

उम्मेदवारी घोषणा गर्दै उनले समाजमा रहेको विकृतिको अन्त्य गर्दै बेरोजगारीको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेकोसमेत बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *