अन्यनयाँ समाचारराजनीति

जनकपुरधाम : मेयर साह र उपमेयर मिश्रले दिए राजीनामा

जनकपुरधाम, ९ बैशाख ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख साह र उपप्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनीहरुले आज दिउँसो राजीनामा दिएका छन् ।

नगप्रमुखसहित केही वडाध्यक्षहरुले पनि राजीनामा दिएका छन् । मिश्रले भनिन्, ‘म लगायत नगरप्रमुख र वडाध्यक्षहरु उपमहानगरको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’

उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरुले राजीनामा पत्र बुझाएको मिश्रले जानकारी दिइन । नगरप्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिंदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *