नयाँ समाचारराजनीति

जनकपुरधाम उपमहानगर मेयरका आकांक्षी शिवशंकर र वडाअध्यक्ष सुशीलद्वारा नगरवासीको घरदैलो अभियान

जनकपुरधाम, वैशाख १ गते ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि मेयर पदका आकांक्षी उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई आज देखि थालेका छन् ।

बिहीबार नयाँ वर्ष २०६९ सालको अवसर पारेर नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका आकांक्षी उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामका ज्येष्ठ नागरिकहरुसँग घरदैलोमै गएर आशीर्वाद थाप्ने कार्य थालेका हुन् ।

जनकपुरधाम वडा नम्बर १० बाट ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि तयारी थालेको भन्दै आशिषसमेत लिए ।

उनीसंग जनकपुरधाम वडा नम्बर १० का वडाअध्यक्ष पदका आकांक्षी उम्मेदवार सुशील कर्णले समेत घरदैलोसँगै आशीर्वाद लिएका छन् ।

मेयर पदका आकांक्षी उम्मेदवार समेत रहेका एमाले मधेश प्रदेश समिति सदस्य शिवशंकर साह हिराले जनकपुरधामको विकास, स्वच्छ, हराभरा र सुन्दर तथा समृद्ध जनकपुरधाम निर्माणका लागि नगरवासीहरुको साथ रहेको दावी गरेका छन् ।

उनले जनकपुरधामलाई डिजिटल स्मार्ट जनकपुरधाम निर्माणका लागि नगरवासी आफ्नो साथ रहेको बताए ।

त्यस्तै वडा अध्यक्षका आकांक्षी उम्मेदवार सुशील कर्णले वडालाई व्यवस्थित विकास र सफा सुथर र नगरवासीलाई घर घरमै पुगेर सेवा सुविधा दिइनका लागि आफुलाई वडावासीको साथ र समर्थन रहेको दावी गरेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *