अन्य

जनकपुरधाम उपमहानगरलाई खुल्ला दिशामुक्त घोषणा गरिने

जनकपुरधाम, भदौ १० । जनकपुरधाम उपमाहानगरपालिकाले यसै महिना भित्र जनकपुरधाम उपमाहानगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको छ । मंगलवार नगरपालिकाको कायकक्षमा कार्यपालिकाको बसेको वृहत वैठकबाट उपमाहानगरको बाकी रहेको वार्डहरुलाई युद्धस्तरमा समस्या सामाधान गरि भदौ महिना भित्रै खुल्ला दिशामुक्त सहर घोषणा गर्ने निर्णय गरेको हो । उपमाहानगरका प्रमुख लालकिशोर साहको अध्यक्षतामा वसेको वैठकमा उपमााहानगरको वार्ड नं ३,५,९,१० र ११ बाट खुल्ला दिशामुक्त घोषणाको लागि जनकपुरधाम उपमाहानगरपालिकामा परिपत्र गर्ने सोको आधारमा अनुगमन समितिबाट अनुगमन गरी ती वाडहरुलाई खुला दिशामुक्त गर्ने,सवै वार्डहरुमा वाड अध्यक्षको नेतृत्वमा वाडमा भेला गरी वाडको विस्तृत कार्ययोजना तयार गर्ने निर्णय गरिएकोछ । वार्ड नं १७ मा केहि घरधुरीमा चर्पी बनाउन बाकि रहेकोले उक्त वार्डमा पनि कार्यक्रम संचालन गर्ने ,कार्य सम्पादन राम्रो भएको प्रज्वलकहरुलाई कार्यमा लगाउने तथा बाकी वाडहरुमा वडा अध्यक्षको सिफारिशमाा एक महिनाको लागि नियुक्त गरी कार्यमा लगाउने निर्णय समेत गरिएको छ । त्यसैगरि खुल्ला दिशामुक्त हुने ठाउमा स्व्यमसेवक तथा सुरक्षाकर्मीहरुको संयुक्त गस्ती संचालन गर्ने र जनकपुरधाम उपमाहानगरपालिका ले वार्ड मार्फत सरसफाई परिचयपत्र लागु गर्ने छ साथै सरसफाई आचार सहिता तयार गरी कार्यान्वयनमा ल्याउने निर्णय समेत गरिएको जनाइएको छ । त्यस्तै खुल्ला दिशामुक्त घोषणा तथा कार्यक्रम अनुगमनका लागि अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ भने भाद्र २७ गते जनकपुरधाम उपमाहानगरपालिका खुल्ला दिशा मुक्त घोषणा गर्ने र सोको लागि भाद्र २४ गते सम्ममा सम्पुर्ण वार्डहरु खुल्ला दिशामुक्त घोषणा गरिसक्ने समेत निर्णय गरिएको छ । मंगलवार नै उपमाहानगरमा वसेको पत्रकारहरुसंगको अन्तरक्रियामा खुल्ला दिशामुक्तका लागि सवै संचारकर्मीलाई सहयोग गर्न नगर प्रमुख साहले आग्रह गरे । जनकपुरधाम उपमाहानगरपालिकाको २५ वटा वार्ड मध्ये ६ वटा खुल्ला दिशामुक्त वार्ड घोषणा भइसकेको छ । नगर प्रमुख साहले बाकि रहेका वार्डहरुलाई खुदिमु घोषणा का लागि बाकि रहेको ३ हजार १ सय शौचालय निमार्ण गर्न लगाउने र गरिव तथा विपन्नका लागि नगरपालिकाकै सहयोगमा सार्वजनिक शौचालय भएपनि खुल्ला ठाउमा दिशा गर्नबाट रोक्ने वताए ।कार्यक्रममा नगरपालिका भित्र रहेको शौचालयको समस्या सामाधान गर्न सकिने तर जनकपुरधाम धार्मिक शहर भएकोले नगरभित्र प्रत्येक चौकमा सार्वजनिक शौचालय नरहेको र यस्तो अवस्थामा नगरपालिकालाई पुर्णरुपमा खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने भएकोले यसप्रति पनि पहल गर्न संचारकर्मीहरुले मेयर साहलाई सुझाव दिएका थिए । नगर प्रमुख साहले सार्वजनिक शौचालयका लागि पहिले पनि घोषणा भइसक्दा पनि विभिन्न समस्याका कारणले वन्न नसकेको र यस सम्वन्धि पहल भइरहेकोले जनकपुरधाम उपमाहानगरपालिकामा छिटै नै सार्वजनिक शौचालय वनाइने समेत घोषणा गरे । प्रमुख साहले जनकपुरधाममा डम्पीङ साइट वन्न नसकेको अवस्था शौचालयबाट निकालिएका दिशाजन्य लेदोपदार्थलाई राख्नकालागि समेत ठाउको उपाय गरिएको र नागरिकले आ आफनो घरबाट निकालिएको फोहर यत्रतत्र नफालेर एक ठाउमा जम्मा गरि जनकपुरधामलाई सफा र स्वच्छ वनाउन मद्दत गर्न आग्रह गरे । कार्यक्रमा जनकपुरधाम उपमाहानगरपालिकाकि उपमेयर रीता कुमारी मिश्र,डि वास सिसीका प्रदेश संयोजक बोधराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *