नयाँ समाचार

जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए ।

मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाए । उनले ५ हजार १ सय ९४ मत ल्याए । लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

त्यस्तै जनकपुरधामको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन । किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै उपप्रमुखमा निर्वाचित भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन । लोसपाका उपप्रमुखको उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उपप्रमुख हुन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *