अन्य

जनकपुरधाममा सवारी साधन र यात्रु पाउने समस्या समाधान गर्ने एपको विकास

जनकपुरधाम, माघ १० गते । जनकपुरधाममा सवारी साधन पाउने र यात्रु पाउने समस्या समाधान गर्ने उद्देश्यले एपको विकास गरिएको छ । जनकपुरधामस्थित श्रीवद्र्धन ग्रुप अफ कम्पनीले जनकपुरधाममा आफू रहेकै स्थानमा सहज हिसाबले ओहोर दोहोरका लागि सवारी साधन पाउने र चालकहरुले समेत यात्रु पाउने समस्या समाधान गर्नका लागि एपको विकास गरेको हो । सवारी पाउनका लागि श्रीवाहन र यात्रु पाउनका लागि राइडर एपको विकास गरिएको श्रीवद्र्धनका राकेश कुमार झाले जानकारी दिए । उनका अनुसार यी दूबै एप प्ले स्टोरमा गएर सहजै रुपमा डाउनलोड गर्न सकिन्छ । झाले यो एप विकास गर्ने लक्ष्य सन २०१६मै लिएपनि गुगल मेपिंगको समस्या रहेका कारण सो समयमा यो एप विकास गर्न नसकेको बताए । यो एपको सुविधा लिनका लागि सार्वजननिक सवारी साधन चलाउने चालकहरुले रजिष्ट्रेशन गराउनुका साथै यो एप डाउनलोड गर्नु पर्ने छ । झाका अनुसार डाउनलोड गरिएको एप मोबाइलको डाटा अन भए मात्रै काम गर्ने बताए । उनले यो कम्पनीमा रजिष्ट्रेशन गराएका चालकहरुलाई सुविधा वापत आफ्नो कमाईको १५ प्रतिशत कम्पनीलाई बुझाउनु पर्नेछ । कम्पनीले चालकहरुलाई बेटी पढाउनलाई चालकले बुुझाएको रकमको १० प्रतिशत रकम बुझाउनुका साथै स्वास्थ्य सेवा सम्बन्धि समेत सुविधा उपलब्ध गराउने छ । चालकका लागि विमाको सुविधाको योजना समेत रहेको झाले बताए । उनका अनुसार यो एपको सुविधा माघ १५ गतेदेखि लिन सकिनेछ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *