अन्यनयाँ समाचारराजनीति

जनकपुरधाममा शिवशंकर साह हिरा र मिथिला नगरपालिकामा पुनः हरिनारायण महतोको नाम मेयरका लागि सिफारिस

जनकपुरधाम, चैत २८

सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने धमाधम उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएको छ ।
एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ ।


एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उद्योग वाणिज्य संघ मधेश प्रदेशका पूर्व अध्यक्ष साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए । नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको बताए ।
त्यसैगरी एमालेले धनुषाको मिथिला नगरपालिकामा पुनः हरिनारायण महतोलाई दोहोर्याउने भएको छ ।
यसअघि महतोसहित रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माको नाम जिल्ला कमिटीलाई सिफारिस भएकामा अन्य तीनैजना मेयर पदका आकांक्षीले हरिनाराणलाई नै समर्थन गरेका हुन् ।
०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए ।
त्यस्तै जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मतरुपमा छनोट गरिएको श्यामकिशोर मण्डलले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *