नयाँ समाचार

जनकपुरधाममा युवकमाथि गोली प्रहार अबस्था गम्भीर

फागुन २२ ।जनकपुरधाममा एक युवकमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट धनुषाको कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका छन् ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा संचालन भएको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

५।६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको डिएसपी बस्नेतले बताए ।

घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिए प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *