नयाँ समाचार

जनकपुरधाममा प्रहरीले चलाएको गोली लागि एकजना डकैत घाईते डकैती गर्दागर्दै ४ डाकाहरु समातिए

जनकपुरधाम, असोज ९ । जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाका पक्राउ परेका छन् । आज बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिंगमा डकैती गर्दागर्दै चार डाका पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, भारत बैरगिनियाका मुजिर अन्सारी, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् । गस्तीमा रहेको प्रहरी टोलीले डाकाहरुले फर्निसिंगको ताला फोडिरहेको देख्दा उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डकैतलाई पक्राउ गरेपनि अरु तीन जना कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए । एसपी खनालका अनुसार प्रहरीले चलाएको गोली लागि एकजना डकैत घाईते समेत भएका छन् । घाईते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंंहलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको एसपी खनालले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *