जनकपुरधाम, फागुन ३० गते।समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही द्वारा आज अपांगता भएका व्यक्ति संग प्रजनन स्वास्थ्य सेवा तथा परिवार नियोजन वारे अन्तरक्रीया गरियो। नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाम को सभा कक्षम आयोजित अन्तरक्रिया को अध्यक्षता गर्दै निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह ले छिटै छिटै बच्चा जन्मिदा आमामा विभिन्न किसिमको रोग उत्पन्न हुने, बच्चा रोगी हुने, कमजोर हुने लगायतका समस्या उत्पन्न हुने बताउंदै उहांले त्यसबाट जोग्नकोलागी परिवार नियोजनका साधनहरु प्रयोग गर्नुहोस भन्नुभयो। उहांले आत्म रक्षा गर्ने अधिकार अपांगको पनि हो बताउंदै थप्नुभयो तसर्थ परिवार नियोजनका स्थाई, अस्थायी साधनहरु प्रयोग गर्ने अधिकार पनि अपांगको हो। उहांले मधेशमा छोरा नभएसम्म बच्चा जन्माउने परम्पराको अन्तहुनुपर्यो भन्नभयो। सो कर्यक्रममा प्रदेश आपुर्ती केन्द्रका प्रमुख श्रवण कुमार नायक ले प्रदेश २ मा वाल मृत्यु दर, मातृ मृत्यु दर र बाल बालिका मा लाग्ने रोग सबभन्दा बढी रहेको बताउंदै त्यसबाट बांचनको लागी पनि परिवार नियोजनका साधनहरु चाहिन्छ बताउंदै उहांले यो निस्शुल्क ८ वटै जिल्लामा उपलब्ध रहेको थप्नुभयो। उक्त अन्तरक्रियामा दान बहादुर खड़क , कमलेश प्रसाद यादव, सुरेश यादव, बिनोद यादव लगायातले परिवार नियोजनका बारेमा आ आफ्ना बिचार राख्नुभयो।
नयाँ समाचारविज्ञान / स्वास्थ्य
जनकपुरधाममा प्रजनन स्वास्थ्य सेवा तथा परिवार नियोजन वारे अन्तरक्रीया
Share this