अन्यनयाँ समाचारराजनीति

जनकपुरधाममा निधि समुहद्वारा सभापति शेरबहादुर देउवा विरुद्ध प्रदर्शन

जनकपुरधाम, वैशाख ७ गते ।

सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु आक्रोशित हुँदै विरोधमा उत्रेका छन् ।

बुधबार बेलुका जनकपुरधामको विद्यापति चोकमा कांग्रेसका कार्यकर्ताहरुले गठबन्धन र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरुद्धमा विरोधमा प्रदर्शन गरेका हुन् ।

कांग्रेसका कार्यकर्ताहरुको मनसंग खेलवाड गरिएको भन्दै कांग्रेसी कार्यकर्ताहरुले जनकपुरधामको विद्यापति मुरलीसर चोकमा टायर बालेर प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन बिरुद्ध नारावाजी गरेका थिए ।

कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै लड्न सक्ने स्थितिमा रहेको बेला जसपालाई दिनु निन्दनीय रहेको बताए ।

केन्द्रिय गठबन्धनले हाम्रो मन र भावनासंग खेलवाड गरेपछि बिरोधमा उत्रिनु परेको यादवले बताए । आफूहरु यो ठगबन्धनलाई स्वीकार नगर्ने उनले चेतावनी दिए । उनले हामीले सधैँ गाछीलाई मतदान गर्दै आएकाले अन्य छापमा मत गर्न मनले नमान्ने भन्दै सभापति देउवाको विरुद्धमा प्रदर्शन गरेको उनले बताए ।

स्थानीय कांग्रेसी कार्यकर्ताहरुले शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइदैन भन्दै नारावाजी समेत गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *