
जनकपुरधाम, बैशाख १० गते ।
गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पद भागवण्डामा परेपछि लविंग सुरु भएको छ । नेपाली काँग्रेसले जनकपुरधाममा भागवण्डामा पाएको उपमेयर बन्न दौडधुप सुरु भएको हो ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट जनकपुरधाम उपमहानगरका लागि जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका व्यवासयी निर्मल चौधरीले दावी गरेका छन् ।
उनले ०५३ सालमा पनि आफ्नो नाम उपमेयरमा सिफारिस भएपनि टिकट नपाएको स्मरण गर्दै यसपालि आफुलाई उपमेयर दिन आग्रह गरेको बताए । उनले पत्रसहित ३ दर्जन भन्दा बढीको हस्ताक्षर समेत बुझाएका छन् ।
Share this