
जनकपुरधाम, बैशाख १७ ।
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन अधिकृतले चुनाव चिन्ह दिएका छन् ।
जस अनुसार नेपाली कांग्रेसबाट बागी भएर उपमेयरमा उम्मेदवारी दिएका निर्मल चौधरीले चुनाव चिन्ह आम (आँप) पाएका छन् ।
शनिवार निर्वाचन आयोगले दिएको चुनाव चिन्ह आँप कांग्रेसका बागी उम्मेदवार चौधरीले पाएका हुन् ।
यस्तै नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दर्ता गराएका उमेश चौधरीले चुनाव चिन्ह ब्याडमिन्टनको कर्क पाएका हुन् ।
एमाले परित्याग गर्दै चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।
Share this