नयाँ समाचार

जनकपुरधामको उपमेयरमा कांग्रेसबाट किशोरी साह

जनकपुरधाम, १२ बैशाख ।

सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेसको भागमा परेको जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवारको टुंगो लागेको छ । कांग्रेसले जनकपुरधाम उपमहानगरको उपप्रमुखका लागि किशोरी साहलाई उम्मेदवार बनाउने भएको हो ।

कांग्रेसका पुराना नेता रहेका साह जनकपुर नगरपालिका हुँदा यसअघि पनि उपमेयर भइसकेका थिए ।

सत्ता गठबन्धनको सहमतिअनुसार जनकपुरधाममा जसपाले मेयर पाएको छ भने कांग्रेसले उपमेयर पाएको छ । जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टीले मेयरमा यसअघिका निवर्तमान मेयर लालकिशोर साहलाई टिकट दिएको छ । कांग्रेसका मेयरका दाबेदार मनोज साहले पार्टीबाट राजीनामा दिँदै स्वतन्त्रबाट आज उम्मेदवारी दर्ता गराउन लागेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *