
जनकपुरधाम, चैत २१
कुर्था–जनकपुर–जयनगर नेपाल रेल्वे सञ्चालन भएपछि व्यापारी तथा व्यवसायीहरुले रेलमा सामान ढुवानीका लागि बोगी नभएको भन्दै मन्त्री रेणुकुमारी समक्ष गुनासो गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
सो रेलमा मालबाहक बोगी नहुँदा भारत तर्फबाट व्यापारका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था नभएको भन्दै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव समक्ष गुनासो गरेका हुन् ।
आज जनकपुरधाम उद्योग वाणिज्य संघले मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउँदै मालबाहक बोगीको व्यवस्था तत्काल मिलाइदिनका लागि माग गरेका छन् ।
संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ र महासचिव मनोजकुमार साहले संयूक्तरुपमा मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै रेल्वेमा मालबाहक बोगीको व्यवस्था मिलाउन माग गरेका हुन् ।
Share this