नयाँ समाचारराजनीति

जनकपुरधामका कांग्रेस सभापतिसहित अढाई सय भन्दा बढीले दिए सामूहिक राजीनामा

No description available.

जनकपुरधाम, बैशाख ९ । नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका कार्यसमितिका सभापति मनोज साहसहितका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनेहरूमा नगर सभापति साहसहित सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नम्बर–१५ का वडा सभापतिलगायत छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच केन्द्रमा भएको चुनावी तालमेलको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनका कारण जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा)को भागमा गएको भन्दै उनीहरूले पार्टी त्यागको घोषणा गरेका हुन् ।

गठबन्धनको नाममा जनकपुरमा कांग्रेस सिध्याउन लागिएको र जसपालाई पार्टी बुझाउन लागिएको उनीहरूको आरोप छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *