नयाँ समाचार

जनकन्दिनी गाउँपालिकाको बजेट ३७ करोड,प्रत्यके वडामा १ करोड ३४ लाख

जनधारा डेली

जनकपुरधाम, असार १८ गते । धनुषाकै विकट जनकन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ३७ करोड ६२ लाख २२ हजार ५ सय १८ रुपैया १९ पैसाको अनुमानित बजेट विनियोजन गरेको छ । आज सम्पन्न भएको गाउँसभामा ३७ करोड ६२ लाख २२ हजार ५ सय १८ रुपैया १९ पैसाको बजेट प्रस्ताव गरेको उपाध्यक्ष भारती कार्कीले जानकारी दिए ।

स्वास्थ्य, शिक्षा, पशु, कृषि, पर्यटन तथा भौतिक पूर्वाधारको विकासमा जोड दिईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झाले जानकारी दिनु भएको छ । ससर्त अनुदान र गाउँपालिकाका चाल आ.वको आम्दानी समेत जोडेर पृथक नीति तथा कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत झाले जानकारी दिए ।

सौहार्दपूर्ण वातावराणमा गाउँसभा भएको हो र छ वटा वडा रहेको गाउँपालिकाले प्रत्यके वडामा समान रुपले १ करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखले बताए । वडाध्यक्ष, उपाध्यक्ष तथा गाउँपालिका अध्यक्ष सहितका पदाधिकारीमा निक्कै राम्रो सहकार्य रहेको शेखले बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *