अन्यनयाँ समाचार

जनकनन्दिनी गाउँपालिकाले ल्यायो ३७ करोड १७ लाखको बजेट

जनकपुरधाम, साउन ४ । धनुषाकै विकट जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ३७ करोड १७ लाख ८१ हजार ४ सय १ ७ रुपैया अनुमानित बजेट विनियोजन गरेको छ । कोरोना महामारीका कारण समयमै बजेट ल्याउन नसकेको जनकनन्दिनी गाउँपालिकाले सोमबार बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले शिक्षा, स्वास्थ्य, कृषि तथा महिलाहरुको सर्वांगिन विकासमा केन्द्रित रहेर ल्याइएको बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकालाई संघिय सरकारबाट वित्तिय समानीकरण तर्फ १० करोड २ लाख, सशर्त अनुदान तर्फ १७ करोड २८ लाख, राजश्व बाँडफाँडको रकम ६ करोड १३ लाख र विशेष अनुदान ५४ लाख प्राप्त गरेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ६७ लाख ५४ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैयाँ प्राप्त गरेको छ । गाउँपालिकाको बजेट मुख्य रुपमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य, धाराशायी भएको शिक्षा क्षेत्र र महिलाहरुको सशक्तिकरणको क्षेत्रमा लगाइने जानकारी प्रमुख प्रशासकिय अधिकृत अयोधी दासले जानकारी दिए । गाउँसभा गाउँपालिकाका अध्यक्ष अब्दुलबारिक शेषको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *