नयाँ समाचारराजनीति

चुनावमा जनताले हामीलाई विश्वास गर्ने : पूर्व मन्त्री महासेठ

जनकपुरधाम ११ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका स्थायी कमिटी सदस्य रघुवीर महासेठले अहिलेको आवश्यक्ता चुनावको तयारी उत्साहपूर्वक गर्नु रहेको बताएका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी चन्हामा भएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले देशलाई अग्रगमन तर्फ लानका लागि चुनाव मात्रै विकल्प रहेको बताए । पूर्व मन्त्री समेत रहेका महासेठले प्रधानमन्त्री ओेली नेतृत्वको सरकारले देशको कुना कुनामा विकास भएको दावी गर्दै उनले अब हुने चुनावमा जनताले हामीलाई विश्वास गर्ने बताए ।

देशमा उत्पन्न वर्तमान परस्थितिको समाधान चुनाव नै रहेकोले चुनावलाई सफल बनाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विकासका बाधकहरु अहिले प्रधानमन्त्री बिरुद्ध बोली रहेको र विकासप्रेमी तथा काम गर्ने नेता तथा कार्यकर्ता हामीसंगै रहेको उनको दावी थियो । पूर्वमन्त्री महासेठ सो क्षेत्रमा भएका विकास निर्माणका कार्यहरुको विषयमा समेत छलफल गरेका थिए भने आगामी दिनमा समेत यस क्षेत्रको विकासका लागि आफ्नो भरपुर सहयोग रह्ने प्रतिवद्धता व्यक्त गरे । नेकपाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४को अध्यक्ष भज्जु पण्डितको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा तत्कालिन जिविसको पूर्व सभापति रामचरित्र साह, नेकपाका नेता मनोज खड्का , कमलदेव यादव, भोला यादव लगायतका नेताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *