अन्यनयाँ समाचार

चान महिना भित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने – मन्त्री नेम्वाङ्ग

जनकपुरधाम, फागुन ३० गते

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले यस आगामी र्थिक बर्ष भित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने बताएका छन् ।

शुक्रबार जनकपुर-जयनगर रेल्वेको निरीक्षण गर्न जनकपुरधाम आएका मन्त्री नेम्वाङ्गले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आगामी तिन/चान महिना भित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री नेम्वाङ्गले रेल सञ्चालनका लागि मानवीय जनशक्तिको व्यवस्थापन गर्ने कामकाज पनि भईरहेको बताउदै रेलको बर्दिवास खण्डको निर्माण जारी नै रहेको बताए ।

उनले पूर्व पश्चिम रेल मार्ग, उत्तर दक्षिण रेल मार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको कामकाज नेपाल सरकारले अगाडी बढाएको छ।

प्रदेश नंं २ को विकासका लागि सरकार गम्भिर भएको बताउदै हुलाकी राजमार्गको निर्माणमा गति दिनका लागि नै उच्चस्तरीय भ्रमण टोलीले प्रदेश भरिको हुलाकी सडकसहित प्रदेश भरिको सडकहरुको अनुगमन गरिरहेको मन्त्री नेम्वाङ्गले बताए ।

मन्त्री नेवाङ्गसँग श्रममन्त्री रामेश्वर राय यादव पनि निरीक्षणमा सहभागी हुनु भएको थियो ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक बलराम मिश्र सडक विभागका महानिर्देशक केशव कुमार शर्मा तथा भारतीय राजदूतावासका काउन्सिलर प्रफुल्ल शर्मा पनि उपस्थित थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *