नयाँ समाचार

चाँदी र ठुलो रकम सहित एकजना पक्राउ

जनकपुरधाम, कार्तिक ३० । धनुषामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको चोरीको गरगहना र ठुलो रकम सहित एकजना पक्राउ परेको छ । शनिवार दिउँसो करिब १ बजेको समयमा भारतको जयनगरबाट नेपाल तर्फ ल्याउँदै गरेको करिब ६ किलो चोरीको गरगहना र नेपाली रकम ७ लाख ३० हजार १ सय रुपैया सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाका ४८ वर्षिय अजय गुप्ता रहेको सशस्त्र प्रहरीबल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा वि.ओ.पी. डेवडिहाबाट खटेको सशस्त्र प्रहरी निरीक्षक रन्जित तिवारीको कमाण्डमा खटेको टोलीले विशेष सुराकीको आधारमा गुप्तालाई आफ्नो शरिरमा कपडाले बेरी ल्याउँदै गरेको गरगहना र रकम सहित पक्राउ गरेको छ । पक्राउ परेको गुप्तामाथि प्राारम्भीक अनुसन्धान भईरहेको र थप कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *