नयाँ समाचार

घुम्ति शिविरबाट पत्रकारले पाए प्रेस प्रतिनिधि प्रमाणपत्र


जनकपुर, असोज १४ ।
सूचना विभाग काठमाण्डौंको घुम्ति शिविरबाट धनुषा र महोत्तरीका दर्जनौँ पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र लिएका छन् । दुई दिने घुम्ति शिविरबाट ७४ जना पत्रकारले प्रेस प्रतिनिधि प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयमा असोज १३ र १४ गते सम्पन्न शिविरमा धनुषा र महोत्तरी जिल्लाका एक स्वतन्त्र गरी ७४ जना पत्रकारले नयाँ प्रमाणपत्र लिएका छन । भने १३ जना पत्रकारले नवीकरण गराएको छ ।
त्यसैगरी सो शिविरबाट प्रदान गरिएको विभिन्न सेवा मध्ये लोकपुकार डटकमले अनलाईन दर्ता गराएका छन भने जनहित एक्सप्रेस साप्ताहिकले स्थायी प्रमाण पत्रको सिफारिस लिएका छन् ।
विभागका निर्देशक ध्रुवकुमार पोखरेलको नेतृत्वमा आएका ८ सदस्यीय सो टोलीमा शाखा अधिकृत पवित्रा घिमिरे खनाल, नासु रामेश्वर कोइराला, कम्प्युटर अपरेटर हरि चापागाई र खरिदार विरबहादुर सुनुवार सहित दुई जना कार्यालय सहयोगी सहित सहभागिता रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *