नयाँ समाचारराजनीति

गाउँपालिकालाई समृद्ध विकास बनाइनेमा अजय यादवको भनाई्

जनकपुरधाम, बैशाख २३ गते ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको एमालेबाट अध्यक्ष पदको उम्मेदवार अजय यादवले गाउँपालिकाको समृद्ध विकास नै आफ्नो लक्ष्य भएको बताएका छन् ।

शुक्रबार घरदैलो अभियान अन्तर्गत लक्ष्मिनीया गाउँपालिका वडा नम्ब ७ स्थित भगवतीपुर र कुम्रौडा गाउँमा घरदैलो अभियानको क्रममा स्थानीयवासीसँग कुराकानी गदै अध्यक्ष पदका उम्मेदवार यादवले समृद्ध विकासका लागि दिर्घकालिन योजना आफुसँग रहेको बताएका हुन् ।

उनले आफुले उम्मेदवारी दिनुपरेका कारण बताउँदै भने, ‘ग्रामिणको समृद्धब विकासका लागि आफुले गरेको परिकल्पना गरेको र सो अनुसार स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, विकास निर्माण, यूवा लक्षित खेलकुदलगायतका विभिन्न सृजनात्मक तथा रचनात्मक कार्यक्रम प्राथमिकीकरण सहित दिर्घकालिन योजना रहेकाले आफुलाई स्थानीय जनताले निर्वाचित गर्नेमा आफु ढुक्क रहेको छु ।’

बालबालिकालाई विद्यालयमा पढ्नका लागि वातावरण समेत निर्माणका लागि अभियान संचालन गर्ने विद्यालयको सुधार गरिने, बालमैत्री, अपांग मैत्री, अभिभावक मैत्रीपूर्ण शिक्षालयको वातावरणाकुुलित बनाइने उनको योजना रहेको छ ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग खाका छ, त्यसैले मलाई एक पटक अवसर दिएर हेर्नुस् ।’

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *