अन्यनयाँ समाचार

गाँजा बिक्री गर्ने एक युवक पक्राउ

जनकपुरधाम, १८ फागुन । फलफूल पसलको आवरणमा लागूऔषध गाँजा बिक्री गर्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ बस्ने १९ वर्षीय अरूण कुमार साह रहेका छन् ।

फलफूल पसलमा प्रतिबन्धित लागूऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाको आधारमा बुधबार बिहान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ दुधमती चौकस्थित सोही ठाउँ बस्ने रवि साह तथा निजका छोराले सञ्चालन गरेको पसलमा प्रहरी टोलीले खानतलासी गर्दा सुगापंखी रङको डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको १३ थान पुरीया बरामद गरिएको उनले बताए ।

उक्त गाँजाको तौल ९० ग्राम रहेको डीएसपी बस्नेतले बताए । पक्राउ परेका साहमाथि लागूऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *