
जनकपुरधाम, फागुन २३ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मटिहानीमा सम्मान गरिएको छ । मधेश प्रदेशको तीन दिवसीय भ्रमणमा आएका मुख्यमन्त्री पोखरेल मटिहानी जाँदा नगरप्रमुख हरि मण्डलले उनी सहित सम्पूर्ण टोलीलाई सम्मान गरेका छन् ।
मुख्यमन्त्री पोखरेल मटिहानी भ्रमणको क्रममा नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माविको अवलोकन गरेका हुन् ।
जनकपुरधाम–पोखरा हवाई सेवाको शुभारम्भको अवसरमा तीन दिवसीय भ्रमणमा आएका मुख्यमन्त्री पोखरेलले भ्रमणको अन्तिम दिन सोमबार मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन् ।
भ्रमणको क्रममा उनले लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै लक्ष्मीसागरमा आरती गरेका हुन् ।
राजकीय संस्कृत माविको अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले रुद्रीपाठमा सहभागी भएका थिए ।
Share this