अबधेश कामत
जनकपुर – विश्वव्यापी महामारीको रुपमा रहेका कोरोनाले गर्दा सर्वसाधारणको जिवनयापन देखि जिउ ज्यान नै असुरक्षित रहेको बेलामा पत्रकारिता क्षेत्र गम्भीर संकटमा परेको छ । सामान्यतया दिनहुँरुपमा रिपोर्टिंग गर्दै आएका पत्रकारहरुमा समेत कोरोनाबाट ग्रस्त हुन थालेपछि पत्रकारीता क्षेत्र समेत जोखिममा परेको हो । जसले गर्दा प्रदेश नम्बर २ सहित विश्वव्यापीरुपमै यसको असर देखियो । कतिपय संचारसंस्थाले प्रकाशन गर्दै आएका पत्रिकाहरु बन्द भएको अवस्था छ भने संचार संस्थामा कार्यरत्त पत्रकारलाई समेत निकाला गरिएको छ ।
कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्रमा असर परेको उल्लेख गर्दै बरिष्ठ पत्रकार बिएम खनालले पत्रकारिता क्षेत्रमा सक्रिय सैकडौँ पत्रकारहरु अहिले गम्भीर संकट झेलिरहेको बताउनुभयो । वरिष्ठ पत्रकार खनालले– ‘ऐतिहासिक रूपमा आएको विश्वव्यापी संकटको सामना गर्न सबै क्षेत्र प्रयासरत छन्, यो संकटमा सबैभन्दा बढी समस्यामा परेको पत्रकारिताक्षेत्र पनि हो,’ उनले बताए ‘त्यसले सरकारले पनि विशेष सहायताको घोषणा गर्नुपर्छ ।’ बरिष्ठ पत्रकार खनालले नेपालका नवोदित पत्रकारहरूलाई अहिलेको संकटमा विभिन्न किसिमका समस्याले झेलिरहेको बताउँदै देश र जनताका निमित्त आफ्नो अमुल्य समय खर्चेर दिन रात सेवा गर्ने पत्रकारहरूलाई राज्यले उदार दिलले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारले नागरिकका लागि राहत प्याकेज घोषणा गर्दैगर्दा पत्रकारिता क्षेत्रलाई पनि सम्बोधन गर्नुपर्नेमा खनालको जोड छ । नेपालमा पत्रकारिता क्षेत्रमा सक्रिय दश हजार भन्दब बढी पत्रकारको भविष्य कोरोना महामारीका कारण अध्याँरो पर्न सक्ने बताउँदै खनालले यस्तै बेला सरकारको साथ आवश्यक पर्ने धारणा राख्नुभयो । ‘कोरोना महामारी र आर्थिक संकटमा पत्रकारलाई सरकारको साथ हुनुपर्छ, नभए पलायनको दायरा फराकिलो हुँदै जान्छ, यसबाट नयाँ सिर्जनाको लहर रोकिन्छ,’ खनालले भनाइ छ ।
यता प्रदेश सरकारले पत्रकारको राहत स्वरुप ५० लाख रुपैया विनियोजन मात्र होइन निकासा समेत गरियो तर त्यो ललिपप देखाउने कार्य मात्र साबित भयो । प्रदेश २ मा पत्रकारहरुमा कोरोना देखिदाँ समेत प्रदेश सरकार सो राहत रकम उपलब्ध नगराई पत्रकार र पत्रकारिता क्षेत्रमाथि नै खेलवाड गरेको देखिएको मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्णले बताए ।
पत्रकारको नाममा निकासा गरिएको सो रकम पिडीत पत्रकारको सट्टा स्वच्छ निष्पक्ष पत्रिकारतालाई प्रभाव पार्ने गरी पत्रकारिताको नाममा चाटुकारिता गर्दै आएकाहरुसम्म पुगेको उनले आरोप लगाए ।
पत्रकार र पत्रकारिता क्षेत्रमाथि प्रहार प्रदेश सरकार मात्र नभई मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले पत्रकारमाथि गम्भिर आरोप लगाउदैँ अपशब्द प्रयोग गर्दै आएका छन् ।