नयाँ समाचारराजनीति

कृषकहरुलाई आत्मनिर्भर बनाउँछु ः बलराम महतो

जनकपुरधाम, । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदको स्वतन्त्र उम्मेदवार बलराम महतोले कृषिमा आधुनिकिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महतोले जनकपुरधाममा कृषिलाई आधुनिक प्रविधिसंग जोडेर कृृषकहरुलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्

। जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २३ बिन्दही, वडा नम्बर ४ र ७ माछा बजार, वडा नम्बर २० देवपुरा रुपैठामा घरदैलोका लागि पुगेका महतोले जनकपुरधामको ग्रामीण वडाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने बताए ।

स्थानीय किसानले उत्पादन गरेको सामाग्रीको उचित मूल्य पाउन नसकेको समयमा महतोले कृषिलाई आधुनिक प्रविधिसंग जोडेर रोजगारी श्रृजना गर्ने बताए । उनले भने ‘किसानहरुले उत्पादन गरेको सामाग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण समयमा बजारसम्म पुग्न नसक्नु र विचौलियाहरुको आतंक हो ।’

आफू निर्वाचित भए किसानहरुको उत्पादन बजारसम्म पुर्याउने र बिचौलियाहरुको बिगबिगी अन्त्य गर्ने बताए । यसै क्रममा महतोले फलफूल व्यापारीहरु संग समेत भलाकुसारी गरेका छन् । फलफूल व्यपारीहरुलाई व्यापार गर्न नगर भित्र समस्या भईरहँदा महतोले यसको समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् । फलफुल व्यवसायीहरुलाई आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै फलफूल मण्डीको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *