अन्यनयाँ समाचार

कांग्रेस र जसपा नागरिकता विद्ययेकको विरोधमा सडकमा उत्रिए

जनधारा डेली जनकपुरधाम, असार ७ : विदेशी महिलालाई विवाह भएको सात वर्ष पछि मात्र नागरिकता दिने नेकपाको निर्णयको विरोधमा तराई मधेश तात्न थालेको छ । सो निर्णयको विरोधमा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका साथै संसद वाहिरका दल जनमत पार्टी नेपाल पनि सडकमा उत्रन थालेको छ ।

प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाम सहित पर्साको बिरगंज, बारा सहित विभिन्न जिल्लामा नेपाली कांग्रेस तथा उनका युवा दस्ता तरुण दल सहितकाले विरोध प्रदर्शन गरेका छन भन जसपाले पनि आइतवार नै जनकपुरधाम र बिरगंज सहित प्रदेशमा प्रदर्शन गरेको छ ।

तिनैदलका नेता कार्यक्रताहरु जनकपुरधामको अलग अलग भागवाट विरोध प्रदर्शन गर्दै जनकचौकमा गएर कोणसभा गरेका थिए भने कांग्रेसले शिवचौकमा कोणसभा गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठक उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो।

समितिले पारित गरेको उक्त प्रस्तावसहितको विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन्।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *