अन्यनयाँ समाचारविज्ञान / स्वास्थ्य

कमला नदी क्षेत्रको संघीय कृषि मन्त्री भुसालद्वारा स्थलगत अनुगमन

अबधेश कामत

जनकपुर, कार्तिक ५ , धनुषाको पूर्वी क्षेत्रका किसानहरु समस्या र बाध्यतालाई मध्यनजर गर्दै संघीय सरकारले अनुगमन गरेको छ । पीडित किसानहरुले संघीय सरकारको ढोका ढक्ढकाउन सामुहिक पहल गर्दै काठमाण्डौँ स्थित कृषि मन्त्रालय धाएपछि कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल स्थलगत अनुगमन तथा अध्ययनका लागि धनुषाको कमला नदी क्षेत्रको अनुमगन गरेको हो । सो क्रममा कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालले एकीकृत कृषि मोडेल अनुरुप योजना बनाएर कृषि जोनको रुपमा कार्ययोजना बनाई अघि बढ्ने बताए । कृषि तथा पशुपक्षी मन्त्री भुसालले यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय तथा सहकार्य एवं स्थानीय साना किसान सहकारी लगायतका सहयोग र सहभागीतामा बृहद् योजना अनुसार अघि दिर्घकालिनरुपका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कमला नदीको वरिपरी रहेका हजारौँ हेक्टर जग्गालाई कृषियोग्य उत्पादनका लागि र पानीमा हुने विभिन्न किसिमका कृषि योग्य वस्तुको उत्पादनका लागि समेत यहाँका स्थानीय किसानका जग्गा तथा जग्गावालका सहभागितामा दिर्घकालिन योजना बनाएर कृषि जोन निर्माण गरिने स्पष्ट पारे । त्यस्तै कमला नदीको कारण हजारौँ जग्गा जमिन नष्ट भएको भन्दै पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले १२ देखि १४ हजार बिघाको उक्त जमिनमा विभिन्न पकेट एरिया बनाएर कुनै ठाउँमा माछा सुपर जोन, कुनै ठाउँमा केरा खेतीको पकेट, कुनै ठाउँमा तरकारी खेतीको पकेट, कुनै ठाउँमा फूल खेतीको पकेट लगायत विभिन्न खेती गरेर त्यस क्षेत्रका किसानहरूको जीवनमा समृद्धि ल्याएर समाजवाद स्थापना गर्न सकिने बताए ।

त्यसैगरी प्रदेश नम्बर २ का कृषि, सहकारी तथा भुमी व्यवस्था मन्त्री शैलेन्द साहले केन्द्रिय सरकारले ल्याउने योजनामा हाम्रो भरपुर सहयोग रहने जनाएका छन् । यस अनुगमन तथा अध्ययनका क्रममा प्रदेशसभा सदस्य सत्रुधन महतो, नेकपाका केन्द्रिय सदस्य सुधिर साह, केन्द्रिय सदस्य रत्नेश्वर लाल गोइत, रामकुमार शर्मा, कमला नगरपालिकाका राम उद्गार गोइत, जनकनन्दनी गाउपालिकाका अध्यक्ष अब्दुल बारिक, विभिन्न मन्त्रालयका सचिव लगायतका समेत रहेका नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।Aa

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *