नयाँ समाचारराजनीति

कमला नगरपालिकाका मेयर पदका उम्मेदवार विशेश्वर यादवले कृषि क्षेत्रलाई प्राथमिकता दिने

जनकपुरधाम, बैशाख २० । धनुषाको कमला नगरपालिकाका मेयर पदका अकांक्षी उम्मेदवार विशेश्वर यादवले घरदैलो अभियानलाई तिव्रता बनाएका छन् ।

मंगलबार कमला नगरपालिकाको वडा नम्बर १ स्थित मंगराहामा घरदैलो अभियानमा स्थानीयवासीसँग भलाकुसारी गर्दै कृषि क्षेत्रलाई बढि प्राथमिकता दिने उनले बताएका छन् ।

उनले कमला नगरपालिका डुबान क्षेत्र रहेकाले बाढी नियन्त्रण तथा कृषिका लागि सिचाईलाई व्यवस्थित गर्ने जनाएका छन् । उनले शिक्षा, स्वास्थ्य र यूवालाई लक्षित गर्दै रोजगारको सृजना समेत गर्ने बताए ।

मेयर पदका उम्मेदवार यादवले यूवालाई आफ्नै गाउँ घरमा रोजगारको व्यवस्था भएमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने साथसाथै आफ्नै गाउँठाउँमा रोजागरी मिलेपछि समाज र घरपरिवारमा पनि कुनै पनि किसिमको समस्या उत्पन्न नहुने दावी समेत उनले गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *