
वीरञ्ज, चैत्र २२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्षदेखि मधेशमै बसेर भैँसी चराएकाले आफुलाई भैँसी चराउन सिकाउने प्रयास नगर्न भन्दै चेताएका छन् ।
मंगलबार नेकपा एमाले पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरिएको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ६० वर्षदेखि मधेशमै बसेर भैँसी चराएकोले भैँसी चराउन आउँछ भन्दै उनले जथाभावी बोलेर छलछाम नगर्न बताएका हुन् ।
अघिल्लो स्थानीय तह निर्वाचनताका मधेस विरोधी भनेर प्रचार गरिएकाले मधेशमा एमालेमाथिको भ्रममा जनता परेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले पनि वीरगञ्जप्रति प्रेम जाहेर गर्न छाडेनन् । उनले वीरगञ्जलाई अत्याधुनिक सहर बनाउने उद्देश्य आफूले लिएको बताए । उनले भने, ‘मेयर राम्रो हुनुहुन्थ्यो तर उहाँ जीतेको पार्टी नराम्रो भएकोले वीरगन्जको चाहेजस्तो बिकास हुन सकेन,’ ओलीले भने, ‘अब भने वीरगन्जको कायापलट गर्ने उद्देश्यका साथ वीरगन्जमा आएको छुँ ।’
अब वीरगञ्ज चक्रपथसहितको हरियालीयुक्त चौडा बाटो ,प्राविधिक शिक्षाको हव, मेडिकलको हव ,ग्रिन सिटी जस्ता अवधारणा नेकपा एमालेको नेतृत्वमा सकार पारिने उनको दावी गरे । यही कुरामा विश्वास गरेर मानिसहरु एमालेमा आएको उनले दावी गरे। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पर्सा जिल्ला भ्रमबाट मुक्त भएको बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ एमालेको नारा एमालेले बोकेको उनले स्मरण गराए। बिजुलीको प्रयोग अनि निर्यात गरेर देश समृद्ध बनाउने, डिजिटल नेपाल तथा आधुनकि प्रविधियुक्त नेपाल बनाउने, पर्यटकीय स्थलहरुको विकास गराउने, निर्यातमुखी उद्योग धन्दा बढाउनेजस्ता कदमले समृद्धिको यात्रा तय गर्ने काम एमालेले गर्ने उनको दावी थियो ।
मधेश, पहाड र हिमालमा बस्ने सबै जातजातीका र सबै भाषाका मानिसहरुको राष्ट्रिय विकास गर्ने उनले दावी गरे । नेकपा एमालेका अध्यक्ष ओलीले आफू तराईको मान्छे भएको बताए । पिठ्युँमा बसेर भैंसी कसरी चराउने प्रश्न तेस्र्याउँदै उनले भने, ‘हलो कसरी जोत्ने ? चापाकल कसरी गाड्ने’ भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।