
जनकपुर, फाुगन १५
नेकपा एमाले धनुषाले निर्धारित गरेको जिल्ला कमिटीको बैठक तत्कालका लागि स्थगित गरेको जनाइएको छ । फागुन १६ गते सोमबारका लागि डाकिएको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाइएको छ । धनुषाको केही पालिका तथा वडा अधिवेशन सम्पन्न नभएको भन्दै अध्यक्ष यादवले बैठक स्थगित गरिएको अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनले बैठकबाट जिल्ला अधिवेशनको मिति तोक्ने भएकाले अधिवेशन हुन बाकी रहेका पालिका तथा वडामा अधिवेशन सम्पन्न गर्ने बताए । उनले त्यसपछि जिल्ला अधिवेशनको तयारीका लागि जिल्ला बैठकको मिति तोकिने बताए । जिल्ला अधिवेशन फागुन २७ र २८ गतेका लागि निर्धारण गरेको थियो ।

Share this