नयाँ समाचार

एमालेसँग तालमेल हुने अध्यक्ष ठाकुरको भनाई

जनकपुरधाम फागुन १७ प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने बताएका छन् मंगलबार अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमालेसँग पनि गठबन्धन हुन सक्ने संकेत गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी समेत भएका थिए । त्यसैबेला देखि लोसपाको एमालेसँगको सम्बन्ध सकारात्मक रहँदै आएको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन देखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने भन्दै उनले घुमाउरो पारामा अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएरै निर्वाचनमा सहभागी हुने बताए । काँग्रेससँग समेत सकारात्मक भइरहेको समेत स्पष्ट पारे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *