नयाँ समाचारराजनीति

एमालेबाट मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झा

जनकपुरधाम, बैशाख १२ गते ।

नेकपा एमालेले व्यवसायी शिवशंकर साह हिरालाई नै उम्मेदवारको रुपमा अघि सार्दै मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा हिरा र उपमेयरमा नेपाली काँग्रेस परित्याग गरि सोमबार एमालेमा प्रवेश गरेका रुना झाले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको दोस्रो दिन सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

रुनालाई काँग्रेसले उपमेयर पदमा टिकट दिने आश्वासन दिने भनेपनि अन्तिमसमयमा अर्कैलाई उम्मेदवारी दिएपछि उनले तत्काल काँग्रेस छाड्दै एमालेकी पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको हातबाट टिकाटालो लगाउँदै एमालेमा प्रवेश गरेका हुन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *