अन्यनयाँ समाचारराजनीति

एमालेबाट जनकपुरधाम वडा नम्बर १० को उम्मेदवार सुशिल कर्ण

जनकपुरधाम, चैत्र २६

नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १० को वडा अध्यक्षमा सुशिल कर्णको नाम छनोट गरेको छ ।

शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा वडा अध्यक्ष देखि वडा सदस्यहरुको नाम समेत छनोट गर्दै एमालेले सार्वजनिक गरेको हो ।

जनकपुरधामको वडास्तरीय बैठकबाट वडा अध्यक्षमा सुशिल कर्णसहित ५ जनाको नाम छनोट गरेको जनाएको छ ।

नेकपा एमाले वडा नम्बर १० कमिटीको अध्यक्ष श्यामकिशोर मण्डलको अध्यक्षतामा बसेको बैठकबाट यूवा नेता कर्णलाई सर्वसम्मतरुपमा छनोट गरेको छ ।

त्यसैगरी वडा सदस्यहरुमा महेन्द्र प्रसाद साह, प्रदिप मण्डल, रेखा देवि यादव, रंजिता देवी साह खटिक्कलाई दलित महिला सदस्यमा सर्वसम्मतरुपमा उम्मेदवारीका लागि छनोट गरेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *