नयाँ समाचारराजनीति

एमालेको एजेण्डा सुनेर विपक्षीहरु अतालिएको शिवशंकर साहको भनाई

जनकपुरधाम, बैशाख २३ गते ।

जनकपुरधाम उपमहानगरपलिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार रहेका शिवशंकर साह हिराले आफुले जनकपुरको विकासको लागि उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भएको बताएकका छन् ।

उनले आफ्नो प्रतिद्वन्दीसंग कुनै पनि प्रकारले एजेण्डा नरहेको अवस्थामा आफनो स्वास्थ्य प्रति प्श्न खडा गर्न थालेको आरोप लगाए । उनले आफुलाई केही समय पुर्वमा लडदा खुटटा फ्याक्चर भएर स्टील लागेको कारणले हिडदा दुख्ने गरेको बताए ।

उनले त्यसकारणले आफु चुनावी अभियानमा गाडिको बढि प्रयोग गरिरहेको बताउदै यसलाई चुनावी एजेण्डा बनाउनु विपक्षीहरुको हारको परिचायक रहेको बताए । साहले भने, जनकपुरको विकासको विषयमा जहिलेपनि वहस गर्न तयार रहेको छु, विपक्षीहरुसंग जनकपुरको विकासको मोडेलमा जहिले नि वहस गर्न तयार रहेको छु ।

साहले स्थानिय तह सबै भन्दा नजिकको सरकार भएको कारणले यसले जनतालाई विकास र सुशासन दिनुपर्ने आवश्यकता रहेको औल्याए । उनले विभिन्न समाजिक संस्थामा हुदा समेत जनकपुरको विकासको लागि सदैव तत्पर रहेको बताउनुभयो । साहले जनताको अधिकारको आन्दोलन देखि विकासको आन्दोलनमा समेत क्रियाशिल रहेको बताउदै जनकपुरको विकासको लागि आफुले देखाएको अग्रसरता कसैबाट लुकेको नरहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको लादोबेलामा घर दैलो अभियानमा सहभागि रहेका साहले संचारकर्मीसंग कुराकानीगर्दै जनकपुरको विकासको आधार आफुसंग रहेको बताउदै विकास विना समृद्धि आउन नसक्ने बताउदै समृद्ध नेपाल र सुखि नेपाली आफनो पार्टीको मुख्य लक्ष्य रहेको बताए ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *