अन्यनयाँ समाचार

एनसीसी बैंकले रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना

जनकपुरधाम, मंसिर २३ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाम शाखा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनसीसी बैंकको रजत जयन्तीको अवसरमा जनकपुरधामको भानु चोकस्थित कार्यालयमै रक्तादान कार्यक्रमको आयोजना गरिएको थियो । बैंकले रजत जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको र सो अवसरमा ३८ जनाले रक्तदान गरेको शाखाका प्रबन्धक राजकिशोर मिश्रले जानकारी दिए । उनले कोरोना महामारीका कारण रगतको अभाव रहेको समयमा केही सहयोग हुने अपेक्षाका साथ यो कार्यक्रमको आयोजना गरिएको बताए । बैंकले आर्थिक गतिविधि मात्रै गर्नुभन्दा पनि सामाजिक दायित्व समेत वहन गर्नु पर्ने हाम्रो मान्यता रहेको उनको भनाई थियो । बैंकले आगामी दिनमा समेत सामाजिक दायित्व वहन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *