खेलकुदनयाँ समाचार

एकदिवसीय क्रिकेटको कप्तान पनि सन्दीप

काठमाडौं, फागुन १८ ।

सन्दीप लामिछाने नै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कप्तान बन्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

मल्ले भने, ‘यो सिरिजका लागि पनि सन्दीपले नै कप्तानी गर्नेछन् । उपकप्तानको नियुक्ति चाहिँ आवश्यक अवस्थामा प्रशिक्षकले नै गर्ने गरी अधिकार दिएका छौं ।’

मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरुप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यतिबेला आसन्न टी–२० विश्वकप छनोटका लागि भन्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको थियो ।

विश्व क्रिकेट लिग–२ को अन्तर्गत नेपालले चैत पहिलो साता युएईमा त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्ने तय भएको छ । सचिव मल्लले नेपाली टोली २र३ दिनमा श्रीलंका प्रस्थान गर्ने जानकारी दिए । नेपालले श्रीलंकामा स्थानीय टोलीहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

विश्वकप लिग–२ शृंखलामा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *