राजनीति

उम्मेदवार बलराम र निर्मलले सार्वजनिक गरे ‘ जनकल्याण प्रतिबद्धता–पत्र’

जनकपुरधाम, बैशाख २० गते ।

मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले आँप चुनाव छाप पाएपछि जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका महतोले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासका लागि विभिन्न क्षेत्रलाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
उनले जनकल्याण प्रतिबद्धता पत्रमा समाज कल्याण, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, कृषि तथा कृषक उत्थान, गरिबी तथा रोजगारी, सार्वजनिक सम्पति संरक्षण एवं, विपद व्यवस्थापन, अपाङ् तथा बालमैत्री, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, सूचना तथा सञ्चार र सुशासन, संयन्त्र एवं प्रशासनिक सुधार जस्ता क्षेत्रहरुलाई समावेश गरेका छन् ।

उम्मेदवार महतोले जनकपुरधामको मुख्य समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन र मच्छर नियन्त्रणलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने पनि बताए । उनले निस्वार्थ काम गर्ने ठाउँमा सहजै विकास गर्न सकिने पनि बताए ।

सो जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले जनकपुरधामको समग्र विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।

सो प्रतिबद्धता पत्रमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निशुल्क दुर्घटना बिमा, जन्म, मृत्यु, विवाह दर्तालगायतको दस्तुरमा विशेष छुट, सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयमा स्तरोन्तति गर्न नगर शिक्षा नीति ल्याउने, बालश्रमिकलाई विद्यालय पढाउन बालश्रमिकको परिवारलाई आय आर्जनका लागि २५ हजार अनुदानका लागि विभिन्न संघसंस्थसँग समन्वय गर्ने, अति विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्थ गर्ने, जनकपुरधामका ७ स्थानमा इन्टरनेट सुविधासहितको अत्याधुनिक डाटा सेन्टरपार्क स्थापना गर्ने, प्रत्येक वडामा खुल्ला पार्क उद्यानको स्थापनालगायत समावेश गरेका छन् ।

उनीसंगै पत्रकार सम्मेलनमा स्वतन्त्ररुपमा उपमेयर पदका उम्मेदवार निर्मल चौधरीले पनि संयोगले आफुले पनि आँप छाप चिन्ह पाएपछि आफुहरु गठबन्धन भएको दावी गरे ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *