नयाँ समाचार

ईन्जिनियरहरुलाई लाग्यो चुनाव ः एमाले र लोसपा बीच गठबन्धन

जनकपुरधाम, फागुन २४ ।पटक पटक स्थगित हुँदै आईरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि फागुन २७ गते निर्वाचन हुने भएको छ । गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित भई सकेको निर्वाचन फागुन २७ गते गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।

एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समाजवादी निकट राष्ट्रिय इन्जिनियर्स संघ र नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपालले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उतरेको हो ।

केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा सुरज लामिछाने, उपाध्यक्षमा देउकाजी गुरंग, महासचिव भेषराज थापा, उपमहासचिवमा शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह र सहकोषाध्यक्षमा अर्जुन पौडेलले उम्मेदवारी दिएका हुन् । मधेश प्रदेशबाट केन्द्रिय सदस्यका लागि एसोसिएसनको प्रदेशका वर्तमान सहसचिव भवेश मिश्रको उम्मेदवारी परेको छ ।

मधेश प्रदेशको नेतृत्वका लागि बृहद राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट सभापतिमा इन्दुभूषण झा, उपसभापतिमा ललितकुमार साह, सचिवमा विजय महतो थारु, सहसचिवमा अभयकान्त झा र कोषाध्यक्षमा रामउदगार यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा मो. सौकत अली, प्रविण कुमार ठाकुर, आशिष साह, हैदर ईमाम, जितेन्द्र महरा, सुजित कुमार साह, रविकुमार झा, सागर यादव, सुरजकुमार साह र विवेककुमार कर्णले उम्मेदवारी दिएका छन् ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *