अन्यनयाँ समाचारराजनीति

ईतिहासमै अहिलेको जस्तो बिकास कहिल्यै भएको थिएन ः मन्त्री महासेठ

अवधेश कामत
जनकपुरधाम, कार्तिक ६ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रीमण्डल परिवर्तनको हल्ला निराधार रहेको बताए । उनले केही प्रतिक्रियावादी शक्तिहरुले सरकारको गति र बिकास हेरेर सहन नसकी सरकारको परिवर्तनको हल्ला फिजाँएको आरोप लगाए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित औरही नदीको ६ लेनको पूल शिलान्यास गर्दै नेकपा भित्रकै प्रतिक्रियावादी तथा बाहिरी अराजक तत्वहरुले पार्टी भित्रमै लडाएर पार्टी ध्वस्त पार्ने षडयन्त्रमा लागेको बताए । उनले भने, ‘मन्त्रीमण्डल फेरबदल हुने कुरा कुप्रचार मात्र हो, ईतिहासमै अहिलेको जस्तो बिकास कहिल्यै भएको थिएन, त्यही भएर यहाँको प्रतिक्रियावादीहरुलाई पच्चिरहेको छैन, र उनीहरुले फलस्वरुप सरकारलाई बदनाम गराउने कोशिशमा लागिरहेका छन् ।’


नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री महासेठले बिकासमा राजनीति नगर्न आग्रह गर्दै पार्टीमा राजनीति र बिकासमा सहमति गर्न आवश्यक रहेको बताए । उनले नेपालको पहिलो जनकपुर जयनगर रेल्वेको सञ्चालन छिट्टै हुने बताउँदै चिन र भारतलाई जोड्ने रेलमार्गको निर्माण समेत भएको जनाए ।
महेन्द्रनगर देखि जनकपुर मुजेलिया सम्मको ६ लेन सडकसंगै निर्माण हुन लागेको सिचाई आयोजना ९ किमि कुलो निर्माणका लागि करिब ७१ करोडको लगानीमा सो कूलो निर्माण हुनेछ । यसैगरी औरही नदीमा ६ लेन पुलको झण्डै ७५ करोडको लगानीमा निर्माण हुन लागेको आयोजना प्रमुख देवेन्द्र साहले जानकारी दिए ।


औरही ६ लेनको पूल र साढे ८ किलोमिटर नहरको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य जूली महतो, जिल्ला समन्वय समितिका प्रमुख रामदेव यादव बनरैत , क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वर गाउँपालिकाका मेयर डम्बर बहादुर राउत, जिल्ला विकास समितिका पूर्वसभापति रामचरित्र साह, सडक विभागका डिजि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रहरी उपरिक्षक शेखर खनाल, जनकपुरधाम–ढलकेवर–जटही ६ लेन आयोजनका प्रमुख देवेन्द्र साह लगायत सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसैगरी मिथिला नगरपालिकाका उपमेयर तारा लामा, मिथिला बिहारी नगरपालिकाका उपमेयर अनिता साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *