नयाँ समाचार

आफ्नो साथीलाई गोली हानी भारत भाग्दै गरेका युवक पक्राउ

जनकपुरधाम, फागुन २३ ।

जनकपुरधाममा आफ्नै साथीलाई गोली हानी भारत भाग्दै गरेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं। १९ शिवपुरका करिब २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

शनिवार राति कमला नगरपालिका–८ मा घर भई जनकपुरधाम–१९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो ।

अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव साथी रहेकोमा मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल ल्याएकोमा त्यसै पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले बताए । उनले दुवै जना साथी नै रहेको र तिनीहरुबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीमै गोली लागेको अनुसन्धानबाट खुलेको बताए ।

यादवलाई आइतवार साँझ घटना पश्चात भारत तर्फ भाग्दै गरेको अवस्थामा धनौजी गाँउपालिका वडा नं. ४ स्थित नेपाल भारतको सिमा क्षेत्रमा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

गोली लागि घाइते भएका गम्भिर घाईते भएका मुकेशको काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *