नयाँ समाचार

आचारसंहिताको पूर्ण पालना गरी मर्यादित पत्रकारिता गर्न आग्रह

जनकपुरधाम, २० बैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइँदै छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि मंगलबार जनकपुरधाममा प्रभातफेरी गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।

महासंघको भवनबाट नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा निस्केको प्रभातफेरी रामचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अध्यक्ष झाले अहिले चुनावको बेला भएकाले आचारसंहिताको पूर्ण पालना गरी मर्यादित पत्रकारित गर्ने कुरामाथि जोड दिइन् ।

आचारसंहिता विपरीत कुनै पनि दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने पत्रकारलाई महासंघले कारबाही गर्ने उनले चेतावनीसमेत दिइन् ।

चुनावमा उम्मेदवार बनेका पत्रकारहरुले आग्रह गर्दा पनि स्वेच्छापूर्वक महासंघको सदस्यबाट राजिनामा नदिएकाले तिनीहरुको सदस्या खारेजी गर्ने उनको भनाइ छ ।

प्रभातफेरीमा महासंघ धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल मिश्र लगायत धनुषाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *