अन्यनयाँ समाचारराजनीति

अव्यवहारिक करको विरोधमा व्यवसायीहरुले निकाले जुलुस

जनधारा सम्वाददाता
जनकपुरधाम, साउन ४ गते ।
जनकपुर उद्योग वाणिज्य संग आबद्ध व्यवसायीहरुले संघीय सरकारले साउन १ गतेदेख नै लागू गरेको कर नितीको विरोधमा विरोध जुलुस प्रदर्शन गरेका छन् ।
संघको प्रांगणबाट निस्केको सो विरोध जुलुसमा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः संघमै पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ ।
व्यवसायीहरुले सरकारले लागू गरेको अव्यवहारिक कर खारेज, श्रमिकमाथि लगाइएको कर खारेज, ट्रान्सपोर्ट लगायत उद्योग व्यवसायमा लागू गरिएको चर्को कर खारेज गर्न मांग सहितका प्लेकार्ड बाकेका थिए ।
व्यवासयीलाई मार्का पर्ने गरी सरकारले ल्याएको कर ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौलता सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध गरेको संघका अध्यक्ष ललित साहले बताए ।
गत एक महिनादेखि आर्थिक विधेयक २०७६ को विरोधमा आन्दोलनरत जउवा संघले यसअघि जिल्ला प्रशाशन कार्यालय, आंतरिक राजस्व कार्यालय लगायतको स्थानमा ज्ञापन पत्र बुझाइ सकेको छ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *