
जनकपुरधाम, बैसाख ३ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना हुने बताएका छन् ।
शनिबार निर्वाचन आयोगको आयोजना र प्रेस काउन्सिलको सहकार्यमा जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति तोकेर निर्वाचनको गन्तव्य तोकेर छेपयासत्र प्रक्षेपण भइसकेको भन्दै उनले भने “अब यसलाई तलमाथि वरपर वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ त्यस कारण निर्वाचन सँग डराउनु पर्ने आवश्यकता छैन ।”
प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताए । उनले यसका साथ साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दावी गरे ।
निर्वाचनलाई लोकतन्त्रको सबै भन्दा ठूलो गहना भनिने गरेको भन्दै प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचनलाई लोकतन्त्रको प्राण भन्ने गरिन्छ र निर्वाचनको सन्दर्भमा लोकतन्त्र नै सबै भन्दा प्रिय र सम्मानित शव्द पनि हो तर निर्वाचनको यत्रो माहोल तयार भइ रहदा कहिँ अतै निर्वाचन प्रती संशय उत्पन्न हुने खालको अभिव्यक्ति आइरहनु दुस्खद हो ।”
उनले निर्वाचनको मिति तय हुँदा छलफल भएको र त्यस क्रममा संविधान र कानुनको विषयमा तर्क वितर्क भएकै भन्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकोले अब तर्क वितर्कको आवश्यकता नरहेको उनले बताए । थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न भन्दै यसको उलंघन गरे कारवाही हुने र केही सँग स्पष्टीकरण समेत सोधिएको बताए । उनले निर्वाचन आचारसंहितालाई हेर्नका लागि हरेक स्थानीय तहमा संयन्त्र बनाइएको बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्य, प्रेस काउन्सिलका सदस्य लालबाबु शेख र निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले प्रजेन्टेशन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले आफ्नो धारणा राखेका थिए